मिर्चैया नगरपालिकाले वडा नं. १ र २ का एक सय जना किसानलाई बाख्रा वितरण गरेको छ । 

आर्थिक विपन्न तथा दलित परिवारलाई आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले २० जनाको एउटा समूह बनाएर ५ समुहको जम्मा १ सय जना किसानलाई बाख्रा बितरण गरिएको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादवले बताए ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने नगर प्रमुख श्रवणकुमार यादवले विश्वास व्यक्त गरे । 

बाख्रा हस्तान्तरण कार्यक्रममा वडा नं.१ का वडाअध्यक्ष धनीकलाल यादव, २ का वडाअध्यक्ष लक्षमेश्वर कापैर, पशु सेवा केन्द्र प्रमुख नागेश्वर हाथीलगायत नागरिक समाज, सञ्चारकर्मीको सहभागिता थियो ।