यासोक  । प्रदेश १ सरकारको सहयोगमा निर्माणाधीन पाँचथरका दुई आवासीय भवनका काम अन्तिम चरणमा पुगेको छ ।

जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकामा निर्माण हुँदै आएको आवासीय भवन निर्माणको काम पूरा हुन लागेको हो । मिक्लाजुङको रविमा ३ करोड ८५ लाख, १ हजार ७ सय ४२ रुपैयाँको लागतमा भवन निर्माण हुँदै छ । 

त्यस्तै कुम्मायक गाउँपालिकाको आवासीय भवनमा प्रदेशले ३ करोड ९८ लाख ४४ हजार ४ सय ४७ रुपैयाँ बजेट विनियोजन गरेको थियो । सहरी विकास भवन कार्यालय इलामले ३ वर्षमा पूरा गर्ने गरी दुईवटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको छ ।