यासोक । पाँचथर कुम्मायक गाउँपालिकामा बजार ढलानको काम सुरु भएको छ । प्रदेश सरकारको सहयोगमा बजारको २ दशमलव २ किलोमिटर आरसीसी ढलानको काम सुरु भएको हो ।

प्रदेश सरकारको सहयोगमा सहरी विकास कार्यालय इलामले मूल्य अभिवृद्धि कर (भ्याट) सहितको १० करोड ५२ लाख ४५ हजार ३ सय ५५ रुपैयाँमा सियम कृष्ण लक्ष्मी जेभीलाई ठेक्का दिएको थियो । २०७७ असारमा ठेक्का पाएको निर्माण कम्पनीले २०७९ पुससम्ममा पूरा गर्ने गरी सम्झौता गरेको छ । 

योजनाको ३ दशमलव ४७ किलोमिटरको नाली निर्माण र ढल व्यवस्थापनअन्तर्गत पहिलो खण्डको १२ सय ७० मिटर कालोपत्रेको काम पूरा गरेको छ । त्यस्तै बाँकी रहेको २ दशमलव २ किलोमिटर आरसीसी ढलानको काम सुरु भएको सहरी विकास भवन कार्यालय इलामले जनाएको छ ।