सुनसरी । इटहरीमा सानो कार मेला सुरु भएको छ । क्यास अन ह्वील कम्पनीले आइतबारदेखि मेलाको आयोजना गरेको हो ।

पुराना चारचक्के सवारी साधनको खरिद बिक्रीका लागि सम्बन्धित व्यक्तिबीच सम्पर्क गराई सवारी खरिद बिक्री गराउने उद्देश्यले इटहरीमा पहिलो पटक सानोकार मेलाको आयोजना गरिएको कम्पनीका कण्ट्री हेड मोहन भण्डारीले जानकारी दिए ।

मेलाको लागि चारसय जनाले नाम दर्ता गराएका छन् । दुई दिने मेलाको समयावधि थप हुन सक्ने पनि उनले बताए । मेलामा पुराना गाडी सट्टा गर्न सकिनेछ । साथै विभिन्न कम्पनीका नयाँ गाडीहरूको लागि पनि सहजीकरण गरिने उनले बताए ।

आइतबार मेलाबाट तीनवटा गाडी बिक्री भएको भण्डारीले जानकारी दिए । मेला ट्राफिक प्रहरी कार्यालय छेउ कलङ्कीमा आयोजना भइरहेको छ ।