सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएकाे छ ।   मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल गर्न  बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने काग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । 

बुदबार बसेकाे गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार गर्न मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो । आज  मन्त्रिपरिषद विस्तारमा  सहमती जुटाउने बताइएकाे छ । 

बुधबारकाे बैठकमा नेकपा एमालेका माधव कुमार नेपालका प्रतिनिधि र  राष्ट्रिय जनमोर्चा पनि बैठकमा सहभागि भएपनि उनिहरू तत्काल सरकारमा नजना बताएका थिए । सार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।