महिन्द्रा फोरह्वीलरको नेपालका लागि एकमात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ । 

महिन्द्राका सम्पूर्ण फोरह्वीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरू पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

बालाजु अटोवर्क्स प्रालिले ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरी सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअपमार्फत् सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ बताएको छ ।

कम्पनीका अनुसार महिन्द्रा मनसुन सर्भिस क्याम्प देशैभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ साउन १४ र १५ गते सञ्चालन गरिँदै छ । 

क्याम्पमा सहभागी भई भरपूर फाइदा लिनका लागि ग्राहकले चाँडै नै महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ गर्नु पर्नेछ । ग्राहकहरुले बुकिङको लागि दिइएका टोल फ्री नम्बरहरु – १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।