धरान। पूर्व मिस नेपाल उषा खड्गी लामो समयपछि म्युजिक भिडियोमा देखापरेकी छन् ।

विश्व नेपालीको स्वरमा रहेको ‘घात गर्दा’ बोलको गीतको भिडियोमा खड्गी देखिएकी हुन् । उनलाई रामहरि खड्काले साथ दिएका छन् ।

निरोज लामाको सङ्गीत रहेको गीतमा नेपाली समाजको वर्तमान अवस्थालाई चित्रण गरिएको छ । नितिन चन्दको निर्देशनमा बनेको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।