पथरी(ब्लाष्ट)/ दुर्घटनामा परी घाइते भएकोदलबहादुर(नारायण)बस्नेतलाई थपउपचारको लागिलायन्स क्लबअफकानेपोखरीले सहयोग गरेको छ ।

मोरङको कानेपोखरी –४, हात्तिडुब्बा निवासी बस्नेतलाई मंगलबार लायन्स क्लबअफ कानेपोखरीका सदस्यहरुले १६ हजार ५ सय सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले रकम हस्तान्तरण गरेका थिए ।

लायन्स क्लबका चरण गुरुङ, डिल्ली फुयल, उमेश पौडेल, एबिन पाठक,दान ब बस्नेत, कृष्ण दवाडी, गणेश सुवेदी, रोशन तिम्सिना, भोलाअधिकारी र सुशिल बुढाथोकी लगाएतले सो बराबरको रकम संकलन गरी हस्तान्तरण गरेको हो ।

त्यसैगरी यस अघिबि एण्ड बि कन्ट्रकशन संचालकयुवा नेताभोजकुमार श्रेष्ठले घरमै गएर रु ५ हजार सयोग हस्तान्तरण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी संयोजकअशोक फुयलले २५ सय, समाजसेवी गोविन्द(बवि)अधिकारीले ३ हजार र ६ नम्बर वडाध्यक्ष खड्ग बस्नेतले १ हजार गरी जम्मा ६ हजार ५ सय रुपैया यस अघि नै हस्तान्तरण भएको छ । 

स्थानीय नगरेन्द्र बस्नेतले दलबहादुर(नारायण)बस्नेतको तस्विर सामाजिक सञ्जालमा सहयोगको अपिलगर्दै पोष्ट गरेपछि सहयोग जुट्न थालेको छ । वस्नेत गतअसार २३ गते साइकलमा दुर्घटना भएको थियो ।

दाइने घुडाँ भाँचिएपछि उपचार गराउँदै आएको थियो । निम्न आर्थिक अवस्थाका उनका परिवारले लिम्बु आयुर्वेद केन्द्र दमकमाउपचार गराउँदै आएको छ ।

218851534_865402454355505_8933700496610932009_n