नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु हुँदैछ । उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । बैठकस्थलमै पुगेर पनि आग्रह गर्न सक्ने भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सार्नु भएन भने हामी जाँदैनौं ।’

च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।