नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका छन्।

‘शेरबहादुर देउवा नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनभएमा बधाई तथा शुभकामना१’ अमेरिकी राजदूतले लेखेका छन्, ‘करिब ७५ वर्षको मित्रता सरकारदेखि नेपाली जनतासम्म सबै क्षेत्रमा विस्तार गर्न प्रतीक्षारत छौँ।’

नेपालमा रहेको कूटनीतिक नियोगका प्रमुखहरुमध्ये अमेरिकी राजदूतले सबैभन्दा पहिले देउवालाई बधाई दिएका हुन्।