बेलबारी/नेपाली कांग्रेसको १४औँ महाधिबेसन नजीकिदै गर्दा देशैभर नेपाली कांग्रेसको चहलपहल बढ्न थालेको छ । त्यहि क्रममा मोरङको बेलबारीमा पनि उमेद्धवारका आकांक्षीहरु बढ्न थालेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस बेलबारीको भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । जेठ २५ को तथ्याङ्क अनुसार जम्मा २ हजार ४ सय २४ कृयासिल सदस्यहरु रहेको बेलबारीमा हाल सम्म नगर सभापतिमा दुई जना उमेद्धवारका आकांक्षीहरुको नाम चर्चामा छ । जसमा हालका नगर सभापति शम्भु भटराई र नेपाल तरुणदलका क्षेत्रीय अध्यक्ष छत्र लिम्बु रहेका छन् ।

भटराईले आफु कुनै त्यस्तो लाईन विषेस नभएको र सबैको साझा उमेद्धार भएको बताएता पनि भटराईलाई देउवा खेमाको साथ र समर्थन प्रष्ट देखिएको छ भने नगरका सबै नेता र कार्यकर्ताको दर्वीलो साथ र समर्थन रहेको बताउने छत्र लिम्बुलाई कोईराला पक्षधरले उमेद्धारको रुपमा अघि सारेको छ ।  

दर्जनौ संघ संस्थाको नेत्रित्व तहमा बसेर कुसलतापुर्वक काम गरिरहेका लिम्बु आफु शक्तिसाली उमेद्धार रहेको दावी गर्छन् भने भटराई पटीमा अनुभव र नगरका सबै नेताहरुको साथ भएकोले आफु शक्तिसाली उमेद्धार रहेको दावी गर्छन् ।

तर बेलबारीमा १४ अधिवेसनमा सर्वसम्मत नेत्रित्व चयनमा डा.सुनिल सर्माले जोड दिएका छन् । बेलबारीका स्थायी बासिन्दा समेत रहेका डा. शर्मा यसअघिको संसदिय निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का उमेद्धार हुन् । पाटिमा दुई जना नगर सचिव रहने व्यवस्था छ । जसमा चार जनाको नाम चर्चामा रहेको छ ।

शम्भु भटराई लाईनबाट नेपाल तरुण दलका जिल्ला सचिव समेत रहेका ज्ञानुराज राई र हाल नगर कोषाध्यक्ष रहेका जनक पोख्रेल छन् भने छत्र लिम्बु लाईन बाट कुलप्रसाद बराल र शेषराज घिमिरेको उमेद्धारी चर्चामा रहेको छ ।

संशोधित कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका  अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।