बेलबारी। नेपाली कांग्रेसको १४औँ महाधिबेसन नजीकिदै गर्दा नेपाली कांग्रेसको उर्वर भुमि मानिएको मोरङमा पनि उमेदवारका आकांक्षीहरु बढ्न थालेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ ।
मोरङमा सभापति उमेदवारमा आधादर्जन भन्दा धेरै आकांक्षीहरु देखीएका छन् । जसमा हालका सभापति डिक बहादुर लिम्बु, दिलिप गच्छदार, नागेश कोईराला, रमेशजंग रायमाझी, मानबहादुर लिम्बु, यदु बिष्ट, मदन संग्रौला, मोदराज घिमिरे, निरन्जन रिजाल लगायतरहेका छन् ।
हाल जिल्ला सचिव रहेका नागेश कोईराला, संगठन विभाग प्रमुख मानबहादुर लिम्बु र ६ नम्बर क्षेत्रीय सभापति निरन्जन रिजाल डा.शेखर कोईराला निकट मानिएका छन् भने दिलिप गच्छदार र रमेशजंग रायमाझी सभापति शेरबहादुर देउवा निकट मानिएका अमृत अर्याल संग नजीक रहेका छन् । त्यसैगरी यदु बिष्ट गुरुराज घिमिरे निकट मानिने गरेका छन् भने मोदराज घिमिरे मिनेन्द्र रिजाल निकट मानिन्छन् र मदन संग्रौला कृष्ण प्रसाद सिटौला संग नजिक रहेका छन् ।
क्रियाशील सदस्यताको विषयमा टुंगोमा पुग्न अझै मोरङमा १/२ दिन लाग्ने सक्ने र त्यसपछि छानविन समितिलाई जिम्मा दिने र छानविन समितिले क्रियाशील सदस्यताको विषयलाई टुङ्ग्याए पछि मात्र क्रियाशीलको विषय टुंगो लाग्ने नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले बताए ।
अहिले उमेदवारको विषयमा खासै फाईनल नभएको र क्रियाशील सदस्यताको विषय टुंगोमा पु¥याएर मात्र उमेदवारको विषयतिर लाग्ने सभापति लिम्बुले बताए । उनले भने आफु केन्द्र तथा जिल्लाका नेताहरु संग सामुहिक छलफलमा रहेको र सबैको सामुहिक सहमति बाट आफु केमा उठ्ने भन्ने कुराको टुङ्गोमा पुग्ने बताए ।
वाहलबाला जिल्ला सभापति भएको नाताले सभापतिमा मेरो दावी स्वभाविक नै हो । त्यसैगरी उनले भने प्रदेसको राजधानीको भएको नाताले प्रदेश सभापतिमा उमेदवारी स्वभाविकै हो र आदिबासी जनजाती कोटाबाट केन्द्रीय सदस्य अनी समावेसी हिसावले सहमहामन्त्री लड्ने कोटा पनि छदैछ भन्दै उनले भने यि चार पदमध्ये एकमा आफ्नो सामुहिक उमेदवारी हुने उनले बताए ।
सभापति लिम्बु प्रजातान्त्रीक कांग्रेस रहँदा पनि जिल्ला सभापति थिएर र १३औँ महाधिबेसनमा देउवा लाईनबाट सभापति जितेका हुन् तर एक वर्षअघि देखी उनी कोइराला परिवार नजिक मानिन्छन् ।
देउवा लाईनबाट चर्चामा रहेका उमेदवारहरु मध्ये दिलिप गच्छदार र रमेशजंग रायमाझी मध्ये दिलिप र रमेशजंग बिच सहमती हुने र आफु नै देउवा लाईनको उमेदवार पक्का रहेको दिलिपले दावी गरे । दिलिप यस अघि पार्टीको जिल्ला उपसभापति साथै श्रम राज्य मन्त्री समेत भईसकेका व्यक्ति हुन् ।
कोईराला लाईन साथै सभापति डिकबहादुर लिम्बुले समेत च्यापेका नागेश कोईराला यस अघिनै जिल्ला कोषाध्यक्ष हुन् भने हालका सचिव हुन् । उमेदवारका आकांक्षी धेरै भएतापनि दिलिप गच्छेदार र नागेश कोईराला बिच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।
१३ औँ महाधिबेसनमा जिल्ला सभापति उमेदवार रहेका हाल प्रदेस एकका प्रमुख सचेतक समेत रहेका केदार कार्की भने केन्द्रीय सभापतिमा शेखर कोइराला उठ्ने भएपछि शेखरलाई समर्थन गरेर जिल्ला सभापतिमा उमेदवारी दिनेलाई नै जिताउन लाग्ने सम्भावना छ ।
कांग्रेसको यही असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ ।
संशोधित कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।