झापा । हेफर इन्टरनेशनल नेपालले अर्जुनधारा नगरपालिकालाई आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
हेफरले उपलब्ध गराएको चेक सोमबार संविधानसभा सदस्य तथा अभियान नेपालका अध्यक्ष प्रेमबहादुर गिरीले नगर प्रमुख हरिकुमार राना र उपमेयर कमला खतिवडालाई हस्तान्तरण गरे ।
चेक नगरपालिका अर्जुनधाराको अभियान नेपाल र हाम्रो स्वालम्बी सामाजिक उद्योगी महिला सहकारी संस्थाको समन्वयमा रकम उपलब्ध गराइएको हो ।
प्रमुख रानाले हेफरलाई धन्यवाद दिँदै उक्त रकम हाल सञ्चालनमा रहेको आइसोलेसनलाई सरुवा रोग अस्पताल सञ्चालनमा बिउ पूँजीका रूपमा सञ्चालन गरिने बताए । उनले सरुवा रोग अस्पताल सञ्चालनका लागि नगरसभाबाट पारित गरिने समेत जानकारी दिए ।