धरान । बन्दाबन्दीका कारण समस्यामा परेका ५० जना यातायात क्षेत्रका मजदुरको परिवारलाई खाद्यान्न वितरण गरिएको छ । 

नेपाल यातायात चालक मजदुर संघ जिल्ला कार्य समिति सुनसरीले विभिन्न दाताहरूबाट सङ्कलन गरेको खाद्यान्नलगायतका सामग्री बिहीबार प्रदान गरेको हो । संघका अध्यक्ष गोपाल कार्कीका अनुसार १० केजी चालम, नुन, तेल र न्यूटेला वितरण गरिएको हो ।

धरान–१ छाताचौकमा एक कार्यक्रम गर्दै धरानका ५० जना यातायात मजदुरका परिवारलाई खाद्यान्न वितरण गरिएको हो । संघलाई कमलप्रसाद मगर, तारा देवान राई, मानप्रसाद लिम्बू, उमेश भण्डारी, गोपाल कार्की र खिरबहादुर थापा मगरले खाद्यान्नका लागि नगद सहयोग गरेका थिए । सङ्घमा ४ सय ६७ जना सदस्य रहेका छन् ।