विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज तीन बजे सार्वजनिक गर्ने भएकोलछ ।

प्रदेशसभाको आज  बस्ने बैठकमा प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रस्तुत गर्नेछन् ।

आज ११ बजे बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते प्रदेश सरकारको बजेट आउनेछ ।