ब्लाष्टखबर ।  काेराेना संक्रमितकाे संख्या दैनिक बढ्दै गएपछि सुनसरीकमा  पूर्ण निषेधाज्ञा जारी गरेकाे छ  ।

जिल्ला प्रशासन कार्यलयले आज मध्यारतबाट लागु  हुनेगरी बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी गरेकाे हाे ।  याेसंगै आजबाट जाेर बिजाेर प्रणालिबाट संञ्चालन हुँदै आएकाे यातायात सेवा पनि पूर्ण रूपमा बन्द  गर्ने भएकाे छ ।

कार्यलयमा जारी बैठकले यस अघि  ११ बजे सम्म संञ्चालन गर्न दिएकाे खाद्यलगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समयअवधी १ घण्टा छाेट्याइ १० बजे सम्म मात्र संञ्चालन गर्न दिने भएकाे छ । 

बैठकले अत्यावश्यक  काम बाहेक हिडडुलमा राेक लगाइएकाे छ ।