बेलबारी ।  कोरोना संक्रमणबाट मोरंगको बेलबारी २ का एकजना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । 

मृत्यु हुने ६२ बर्षीय ती पुरुष होम आईशोलेसनमा रहेका थिए ।  बिहान ५ बजे मृत्युकाे  खबर प्राप्त भएसंगै शवकाे व्यावस्थापन परिवारले गर्ने वा नेपाली सेना मार्फत गराउने भन्ने बिषयमा तयारी भइरहेकाे बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताएका छन् ।

यसैबिच बेलबारीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबार मात्र ५ जनाको एन्टिजोन परिक्षण गरिएकोमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

सोमबार बेलबारी वडा नम्बर ४ का दुई जनामा कोरोना पोजेटिभ देखिएको हो । आईतबार मात्र १० जनाको एन्टिजोन परिक्षण गरिएकोमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै बेलबारी वडा नम्बर ४ र वडा नम्बर ३ मा संक्रमितको संख्या ५ /५ गरी १० पुगेको छ ।

जना संक्रमित थप ४ जनाको पिसिआर परिक्षणका लागि पठाईएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन ।

बेलबारीमा तिब्र गतिमा कोरोना फैलिएको भन्दै सचेत रहन र सावधानी अपनाउन बेलबारी नगरपालिकाले  नगरबासीहरुमा आग्रह समेत गरेको छ । बेलबारीमा पहिलो चरणमा ३ सय पिसिआर र ३ सय बढी आरडीटी गरिएकोमा २ सय ५० जना कोरोना पोजेटिभ देखिएका थिए ।