धरान । कोरोना महामारीलाई लक्षित गर्दै गोदरेज कम्पनीले भाइरोसिल्ड नामक सामान राख्ने सामग्री बजारमा ल्याएको छ । 

उक्त भाइरोसिल्डमा २ देखि ६ मिनेटभित्रमा ९९ प्रतिशतभन्दा बढी कोभिडका भाइरसहरू न्यूनीकरण गर्ने दाबी गरिएको छ । उक्त सामग्रीमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरूको खेल्ने कुराहरू राख्न सकिने जनाइएको छ । 

भाइरोसिल्ड १ वर्षको वारेण्टी रहेको जनाइएको छ । आइसीएमआर ल्यावले सर्टिफाइड गरेको भाइरोसिल्ड अत्यधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको जनाइएको छ । कोभिड–१९ को सङ्क्रमण दिनानु दिन बढ्दै गइरहेकाले पनि आफ्ना सामग्रीलाई सङ्क्रमणको घेराभन्दा बाहिर राख्न जरुरी रहेको जनाइएको छ । 

त्यसका लागि पनि भाइरोसिल्ड निकै उपयोगी ठहरिने जनाइएको छ । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सको इओएल प्रालिले नेपाली बजारमा भिœयाएको हो ।