सुनसरी प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको पहिलो दिन पूर्वी बजार धरान लगभग शून्य छ । प्रशासनसँगै मौसमको प्रतीकात्मक निषेधाज्ञा देखिएको छ । बिहान ५ बजेदेखि धरानमा सामान्य वर्षा भइरहेको छ । वर्षाका कारण पनि बजार शून्य छ । 

सुनसरी प्रशासनको निषेधाज्ञाको प्रभाव धरानमा सामान्य परेको छ । निजी तथा सार्वजनिक सवारी छिटफुट चलेका छन् । अघिल्ला दिनहरुको तुलनामा भने धरान बजारमा भीडभाड कम देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले गत राति १२ बजेदेखि आगामी २४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका बावजुद पनि सार्वजनिक यातायातमा दुरी कायम गरी, अनिवार्य मास्क लगाई यात्रा गर्न पाइने छ । सार्वजनिक र निजी सवारीमा जोरविजोर प्रणाली लागू गरी यातायात व्यवस्थापन गर्ने प्रशासनको भनाइ छ । 

मेला, पर्व, समारोह र भीडभाडलाई बन्देज गरिएको छ । सुनसरी प्रशासनको पहिलो दिन वर्षातको समेत निषेधाज्ञा लागेको छ । हेरौं धरानका केही तस्बिरहरु:

dharan_lockdown1

dharan_lockdown2

dharan_lockdown3

dharan-blastkhabar

dharan_lockdown4

dharan_lockdown5

dharan_lockdown6

dharan_lockdown7

dharan_lockdown8

dharan_lockdown9

dharan_lockdown10

dharan_lockdown11

dharan_lockdown12

dharan_lockdown13