ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकी नगर उप–प्रमुख मञ्जु भण्डारी सुबेदीलाई  काेराेना संक्रमण देखिएकाे छ । 

 एन्टि जेन परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ देखिएकाे  उप–प्रमुख भण्डारीले सामाजिक संञ्जाल मार्फत जानकारी गराएकी छिन् । यस अघि उनका स्वकीय सचिव सुदेश  चापागाईको एन्टि जेन रिपोर्ट पोजेटिभ आएकाे थियाे ।   

चापागाईकाे रिपाेर्ट पाेजेटिभ आएसंगै उपप्रमुख भण्डारीसहित परिवारकोपनि परीक्षण गराउँदा अन्य सदस्यकाे भने रिपाेर्ट नेगेटिभ आएकाे उनेले बताएकि छिन् । 

उनले कुनैपनि लक्षण नभएकाे भएपनि आफू आइसाेलेसनमा रहेकाे बताउँदै केहिदिन देखी आफ्नो सम्पर्कमा रहेकाहरुलाई सर्तकता अपनाउन पनि आग्रह गरेकी छिन् ।

नगर प्रमुख तिलक राईकाे  एन्टि जेन परीक्षणकाे रिपाेर्ट भने नेगेटिभ आएकाे छ । उनले पनि सचिवालय सदस्यकाे परिक्षण एन्टि जेन परीक्षण रिपाेर्ट पाेजेटिभ आएकाे पछि उनि र उनकाे परिवारकाे परिक्षण गराएका थिए । तर सबै काे रिपाेर्ट नेगेटिभ आएकाे बताइएकाे छ ।