ब्लाष्टखबर । धरान ८ तीनकुनेबाट बुधबार लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ९ धनकुटे रोड बस्ने ३५ वर्षीय मुन्ना खान अलि मुजुजा अहमद रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ  । 

तीनकुनेस्थित कोशी राजमार्गमा नियमित सवारी चेकजाँच गर्ने क्रममा इटहरीबाट धरान तर्फ आएको  मुन्ना  सवार प्रदेश १ –०२–०४५ प ९८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा लागुऔषध डाइलक्स डिसी १०० एमएल लेखिएको १५ बोतल र स्पास्मो प्रोक्सोभोन पल्स लेखिएको ७२० क्यावसुल फेला परेको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनि माथी सुनसरी जिल्ला अदालतमा लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।