ताप्लेजुङ / भरुवा बन्दुकको गोली प्रहार गरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका एक शिक्षकको हत्या गरिएको छ ।
ज्यान गुमाउनेमा जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्ग बहादुर लिम्बू रहेका छन् । विहिबार साँझ करिव साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकास लिम्बूले घरको आँगनमा निस्किएको समयमा लुकिछिपी शिक्षक खड्गलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी निरिक्षक मोहन पोखरेलका अनुसार गोली चलाउने आकाश लिम्बूलाई पक्राउ गरिएको छ ।शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको बताईएको छ ।
घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।