यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको मेगा बैङक शाखाले व्यवसायीलाई निःशुल्क क्यू आर कोड बितरण गरेको छ ।

यासोक बजारका व्यवसायीलाई डिजिटल भुक्तानीमा बैङ्किङ प्रविधिको प्रयोग गराउँने उदेश्यले निःशुल्क क्यू आर कोड वितरण गरेको मेगा बैङ्क शाखा प्रमुख छत्रपति निरौलाले बताए । बैङ्कले पहिलो पटक ३५ वटा क्युआर कोड बितरण गरेको जनाएको छ ।

यो प्रविधि मार्फत व्यवसायीहरुले आर्थिक कारोबार गर्दा सरल र सुरक्षित हुने भएकोले शाखाले क्यूआर कोडबाट रकम भुक्तानी गर्ने प्रविधिलाई बिस्तार गरेको हो ।

नगद रहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने बैंकको निति अनुरुप शाखाको क्यूआरकोड वितरण गरेको निरौलाको दावि छ ।

बैङकले पहिलो पटक आर्थिक कारोबारको लागि क्यूआर कोड बितरण गरेपछि सहज भएको मेडिकल संचालक खगेन्द्रराज घिमिरेले बताए ।

उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन मार्फत सामान खरिद गरी क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । 

बैड्कले आफ्ना ग्राहकहरुलाई क्यू आर कोड नि:शुल्क बितरण गर्ने लक्ष्य लिएको छ । पहिलो चरणमा ३५ जनालाई बितरण गरेको बैङ्कले यसलाई निरन्तर बढाउँदै लाने बताएको छ ।