पाँचौ संस्करणको मुद्रा (रियाल) चलनचल्तीमा ल्याएपछि कतारले पुरानो पैसा साट्न अनुरोध गरेको छ । 

आगामी असार १७ गतेपछि चौथो संस्करणको कतारी मुद्रा नचल्ने भएको छ । कतारको केन्द्रीय बैंकले १ जुलाई २०२१ (१७ असार २०७८) देखि ती मुद्रा चलनचल्तीबाट हटाउन लागेको जनाएको छ । 

चौथो चरणको कतारी रियाल सटही गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर यही वैशाख २७ भित्र आफूसँग भएका कतारी मुद्रा (रियाल) सटही गर्न निर्देशन दिएको हो ।

हाल करिब ६ लाख नेपाली कतारमा कार्यरत रहेको तथ्यांक छ । 

यस अघि भारत सरकारले २४ कात्तिक २०७३ (९ नोभेम्बर २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो ।