नेपाल आयल निगमले शनिबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि धरानका पेट्रोल पम्पमा इन्धन अभाव भएको छ ।

एउटा मात्र खुलेको पेट्रोल पम्पमा लामो लाइन लागेको छ ।   

ऋायल निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ  । 

शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

नेपाल भारत सीमाको रक्सोलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।

नेपालमा इन्धन सस्तो भएका कारण नेपालबाट भारततर्फ नै इन्धन तस्करीका घटनाहरु सार्वजनिक भइरहेका छन् । 

इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको आयल निगमको भनाइ छ ।

arun-petrol-pump-dharan

himalayan-petrol-pump

dharan-petrol-pump-line

Petrol_Line_dharan 1

Rajesh-Petrol-pump-dharan