ब्लाष्टखबर । भारतकाे आंध्रप्रदेश  राज्यकाे विशाखापटनम जिल्लामा एक व्यक्तिले एकै परिवारका ६ सदस्यकाे हत्या गरेका छन् । 

बिहिबार जिल्लाकाे जट्टादा गाउँमा एक व्यक्तिले एकै परिवाकाे ६ जनाकाे हत्या गरेकाे भारतिय समाचार एजेन्सी एएनआइले जनाएकाे छ ।

समचार एजेन्सीले हत्याका आराेपीले उक्त परिवारका एक सदस्यले आफ्नी छाेरीकाे बलात्कार गरेपछि बलात्कारमा सम्लग्न भएकाे  परिवारका ६ सदस्यकाे हत्या गरेकाे बताएकाे छ । 

समाचारमा बलात्कारका आराेपी अझै फरार रहेकाे जनाएकाे छ । 

हत्याकाे जनकारी पाएसंगै स्थानिय प्रहरीले घटनाकाे जाच गरिरहकाे एजेन्सीले जनाएकाे छ ।