झापा / हस्पिटलमा आवश्यक सर्जिकल सामाग्रीको होलसेल तथा खुद्रा बिक्री वितरण गर्ने उदेश्यले नयाँ बर्ष २०७८ को अवसर पारेर सर्जिकल स्टोर्स सञ्चालनमा ल्याएको छ ।
क्यानोपस हेल्थ केयर प्रालि काठमाडौको सफलतापछि झापा बिर्तामोडमा पहिलो शाखाको रुपमा स्टोर्स सञ्चालनमा आएको हो ।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बुधवार स्टोर्सको उद्घाटन गरेका हुन् ।
स्टोर्समा भिडियो एक्सरे, एक्सरे, इसिजी मेशिन साथै इलेक्ट्रीक व्हील चेयर, डिजिटल हाइट तथा वैट मेशिन, नसिङ कलेजमा चाहिने सामाग्री उपलब्ध रहेको स्टोर्स सञ्चालक सुजन शिवाकोटीले बताए ५० लाखको लगानीमा सञ्चालनमा आएको बताउँदै बिर्तामोड शाखा मेनेजर अनुप शिवाकोटीले विराटनगर र पोखरामा पनि चाँडै शाखा सञ्चालन गर्ने लक्ष्य राखेको जानकारी दिए ।
स्टोर्स उद्घाटनकै क्रममा माता पोलिक्निक एण्ड डायग्नोष्ट्रिक सेन्टरका अध्यक्ष सुजन शिवाकोटीले इसिजी मेशिन खरिद गरेका थिए ।