मोरङ कानेपोखरी-७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित तिन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रंगेली-६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरैचा-७ का १९ वर्षीय सुवास तामाङ र उर्लाबारी-६ का २८ वर्षीय अनमोल घिमिरे रहेका छन् । 

हिजो दिउँसो साढे ३ बजे को २ ह ३३९६ नम्बरको अटोमा आइरहेका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाइट्राभेट लागूऔषध फेला पारी बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।