प्रहरी चेकजाँचका क्रममा  प्रहरीले २ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ । 

हिजो साँझ साढे ५ बजेको समयमा धरान ३ शान्तिपथ स्थितमा चेकजाँचको क्रममा गाँजासहित २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभूमि ६ का २० वर्षीय निगम राई र १९ वर्षीय शुक्रराज राई रहेको प्रहरीको भनाइ छ । को १३ प ६७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो ।

मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।