प्रतिबन्धित औषधिसहित धरानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान १० का २६ वर्षीय दिनेश खड्कालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

धरान ६ पानवारीबाट प्रतिबन्धित औषधि सिटाडोल ३४४ क्याप्सुल र स्पास्पेइन ३३३ क्याप्सुलसहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिबन्धित औषधिलाई औषधि व्यवस्था विभाग विराटनगर पठाइएको इप्रका धरानले जनाएको छ । 

यसैबीच एकजना फरार प्रतिवादीलाई उदयपुर प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम १० मिलिग्रामसहित तौल नाप्ने डिजिटल मेसिन, विभिन्न कम्पनीका १० थान मोबाइल सेट, ९ वटा सिमकार्डसँगै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

गत माघ १६ गतेदेखि कार्की ब्राउन सुगर बिक्री वितरण मुद्दाको फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।