पथरी । इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेको मोरङ कानेपोखरी–२ का ४७ बर्षियबुदन चौधरीको प्रहरी कुटाईबाट मृगौलामा समस्याआएको छ । 

विराटनगर स्थित कोशी अस्पतालमा उपचारत चौधरीको दुवै मृगौलामा समस्याआएको त्यहाँका चिकित्सकहरुले बताएको उन पत्नि शान्ति चौधरीले बताइन । प्रहरीकै पिटाइबाट मृगौलामा समस्याआएको बुदनको पत्नि शान्ति र ज्वाइ हरी चौधरीको भनाइ छ । उनीहरुले प्रहरीको हिंसामा परेका बुदन चौधरीको पूर्ण उपचार गर्न माग गरेका छन् ।

कुटपिट वा घाउ चोटबाट मृगौलामा समस्या आउँछ कि आउदैन भन्ने सवालमा एक जना स्वास्थ्यकर्मीले कुटपिटबाट किड्नीमा समस्याआउन सक्ने बताएका छन् । पीडित चौधरी परिवारको आरोपमा प्रहरी सहमत नभएपनि बुदन चौधरीको शारीरिक अवस्था हेर्दा कसैन कसैले योजनाबद्ध रुपमै कुटपिट भएको देखिन्छ । 

घट्ना २०७७ चैत्र १५ गते देखिको हो । बुदन चौधरी १६ गते यौन हिंसाको आरोपमा पथरी प्रहरी नियन्त्रणमा परेका थिए । इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका चौधरीको दाहिने कानको माथिल्लो भागको कपाल उखेलिएको छ ।

जवरजस्ति कपाल तानिएको करण त्यहाँ चोट देखिएको हो । बेलाबेला अचेत हुने चौधरीको हिप (जाङ) र त्यस माथिल्लो भागमा रगत जमिएको कालो निलडामहरु सुन्निएको देखिएको छ । प्रहरीको पिछाइबाट घाइते चौधरीलाई २१ गते प्रहरीले नै उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारकोलागि भर्ना गरेका थिए । 

मंगलबारे अस्पतालले विराटनगर स्थित कोशी अस्पतालमा रिफर गरेपछि आज सम्म त्यही उपचार भइरहेको छ । अस्तालको बेडमा रहेको चौधरी बेलाबेला झस्किने र बेहोसमा जथाभावी बोल्ने समस्या अझै रहेको पत्निशान्ति चौधरीले बताइन ।

प्रहरीले नियन्त्रणमा लिएको चार दिनसम्म बुदन चौधरीमा समस्या थिएन । पत्नि शान्ति इलाका प्रहरी कार्यालय पति भेट्न जाँदै आउँदै गर्थिन । २० गते चौधरीलाई प्रहरीले कुटपिट गरेर मरसान्न बनाएको शान्तिको भनाइ छ । सधै भेट्न जाँदा पारिवारिक र ब्यबहारिक कुराकानी हुन्थ्यो । २० गते अपरान्ह  जाँदा ऐया, ऐया भनेपछि प्रहरीबाट कुटपिट भएको थाँहा पाएको शान्तिको भनाइ छ । 

चैत्र २१ गतेबाट बुदन चौधरीको उपचार भइरहेको छ । कन्सीरीको कपाल उखेलिएको चोट, हिप (जाङ) र ढाडमा निलडाम भएका चौधरीलाई अस्पताल पुर्याइएपनि दुई दिनसम्म आवश्यक औषधी नचलाएको परिवारको आरोप छ ।

प्रहरीले औषधी नकिनिदिएपछि पाँचहजारको औषधीआफै किनेको उनले बताइन । प्रहरीले अमानविय रुपमा कुटपिट गरेर घाइते बनाएको मानव अधिकारवादी संस्था माउजुरी दिएपछि मात्र औषधी चलाउनथालेको घाइते चौधरीको ज्वाई हरी चौधरीको भनाइ छ ।

मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रवक्ता डीएसपी मानबहादुर राईको संयोजकत्वमा अनुसन्धान (छानविन) समिति गठन भएको छ । डीएसपी राई इलाका प्रहरी कार्यालय पथरी आएर सोधखोज गरेर फर्केका छन् । 

प्रहरीले भने कुटपिट गरेको कुरा अस्विकार गर्दै आएको छ । सो घट्ना हुनु पूर्ब इलाकाप्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का घर विदामा गएका थिए । इलाका प्रहरीमा इन्स्पेक्टर अनिलकुमार पौडेल निमित्त प्रमुख थिए ।

तत्कालीन निमित्त प्रमुख पौडेलले बुदन चौधरीलाई कुटपिट नगरेको थुनुवाहरुसँग झगडा भएर निलडाम भएको बताउछन् । 

घाइते बुदन चौधरीको पत्नि शान्ति चौधरी भने सो कुरा मान्न तयार छैनन । यतिको निलडाम हुने गरी, टाउकोको केश उखेलेको अवस्थामाअस्पताल भर्ना हुने गरी थुनुवा झगडा नहुने र भएपनि सुरक्षा गार्डले छुटाउनु पर्ने तर्क गर्दै पतिलाई बाहिर निकालेर मरणासन्न हुनेगरी कुटपिट भएको दावी गर्छिन । 

आफ्नो परिवार गरिव भएको कारण आवश्यक सहयोग नपाएको उनको गुनासो छ । कुटपिटमा संलग्न प्रहरीलाई छानविन गरी कडा कारबाही र पतिको पूर्ण उपचार हुनुपर्ने शान्ति चौधरीकामाग रहेको छ । 

घट्नाको छानविन समितिको संयोजक डीएसपी मानबहादुर राईले बुदन चौधरी नसालु पदार्थ सेवन गर्न नपाएपछि अर्धचेत अवस्थामा थुनुवाहरुलाई कुटपिट गर्न थालेपछि हिसासतभित्रै हातकडी लगाएर राख्नु पर्ने अवस्थाआएको बताए । 

चैत्र २० गतेदेखि रातभर कराउने, गाडिको ब्रेक लगाएको भन्दै अन्यथुनुवालाई लात्तले हान्ने, कुटपिट गर्न थालेपछि चौधरीलाई थुनुवा कोठा मै हातकडी लगाएर राखिएको अनुसन्धानको क्रममा बुझेको जिल्ला प्रहरी प्रबक्ता मान बहादुर राईको भनाइ छ । 

घाइते चौधरीलाई यौन दुब्याबहारमा मुद्धा 

पतिलाई रमाइलो प्रहरी चौकीको भेनमा चढाएर लगेपछि पत्नि शान्तिपनि प्रहरी कार्यालय पुगिन । केही समयमै बुदनलाई इलाका प्रहरी कार्यालय पथरी लगियो । इलाका प्रहरीमा पतिको लागि खाना लिएर जाँदै गरेकी शान्ति पक्राउ परेको चार दिनपछि पतिको होस हराउने गरी कुटपिट गरिएको बताउछिन् । 

बुदन चौधरीलाई यौन हिंसा सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । निजि विद्यालयका बस चालक चाैधरीकी श्रमती शान्तिले भने  कक्षा ४ मा पढ्ने आफ्नै १२ बर्षीय छोरीकी साथीले चाैधरीलाइ बारम्बार फाेन गरेकाे र बिहेकाे प्रस्ताव समेत गरेकाे गर्ने गरेकाे बताएकी छिन् ।

उनका अनुसार चौधरीले चैत्र १५ गते घरैमा गएर ती बालिकाले चलाउने दुबै मोबाइल सेट खोसेर ल्याएर पत्नि शान्तिलाई दिएका थिए । बालिकाको हजुरआमा बिहानै आएर पत्नीबाट दुबै मोबाइल सेट लिएर गइन । बालिकाको हजुर आमा गएको केही बेरमा बालिकालाई सम्झाउने भनेर बुदन चौधरी पनि सो गाउँमा गएकाे पत्नी शान्तीले बताइन् ।

पछि  बुदनकी  शान्तिलाई मुद्धा मिलाउन पाँच हजार लिएर आउनु भन्ने फोन आएकाे उनकाे भनाइ छ । शान्तिले भनीन् ' साथमा पैसा थिएन, गाउँमा खोजेर पाँच हजार लिएर पुग्दा पतिलाई प्रहरीले भेनमा चढाइ सकेको रहेछ । '

'अपराध गरेको प्रमाण भए कानुन बमोजिम कारबाही गर्न खुल्ला हुदाहुँदै मरनासन्नहुने गरी, अझ मृगौलामै समस्याआउने गरी कुटपिट गर्न मिल्छ ?'  बुदनकी पत्नि शान्ति चौधरीले  प्रस्न गर्छिन् ।

पीडित शान्ति चौधरीले दोहोर्याइन  'अपराध गरेको भएपतिलाई कारबाही होस तर थुनुवाको रुपमा रहेको पतिबुदनलाई गैर कानुनी रुपमा कुटपिट गर्ने प्रहरीलाई छानविन गरी कडा कारबाही होस् ।  घाइते पतिको पूर्ण रुपमा उपचारको ब्यवस्था मिलाइयोस् ।'