देउराली। सेन्चुरी मसला उद्याेगबाट मसला चाेरी गर्ने  दुई जनासहित चाेरी गरेका मसला खरिद गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेकाे छ  । 

बुढिगंगा गाउँपालिका–३ स्थित  उद्योगबाट  मसलान चाेरी गरी बिक्रीका लागी लादै गरेकाे अवस्थामा जिल्ला प्रहरी कार्यालय माेरङबाट खटिएकाे प्रहरी टाेलीले चाेरीमा संलग्न बुढिगंगा–६ सखुवाटोकी बस्ने वर्ष २५ का सुरज चौधरी र  संखुवासभा धर्मदेवी नगरपलिका–२ तामाफोकका वर्ष ३६ का जितेन बिकलाई पक्राउ गरेकाे हाे । 

कार्यलयका अनुसार १५ बाेरा मसलासहित दुहवी नगरपालिका ५ दुहवी बजारमा रहेको माँ भगवती किराना पसलमा बेच्न भनि लादै गरेकाे अवस्थामा भेटेपछि चाेरीकाे मसला खरिद गर्ने पसल सञ्चालक साेहि ठाउँका  वर्ष ४२ का सन्ताेष साहलाईसमेत प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ  परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको उक्त कार्यालयले जनाएकाे छ ।