देउराली । ९ बर्ष अघी जवरजस्ती करणी मुद्धामा २ वर्ष ६ महिना कैदसजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । 

२०६८ साल मंसिर २६ गते मोरङ जिल्ला अदालतले उक्त सजाय तेकिदिएको विराटनगर महानगरपालिका वडा नम्बर १५ रानी का   ४० वर्षिय दिनेश साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले  बुधबार पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार घटनापछि फरार रहेका साहलाई प्रहरीले महानगरपालिकाको १५ नम्बर वडा स्थित  ढाटबाट पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

त्यस्तै,  जवरजस्ती करणी उद्याेग मुद्धाका फरार प्रतिवादी काटारी गाउँपालिका १ आदर्श टोल बस्ने अन्दाजी २५ वर्षीय अवधेश राय र सोहि ठाउँका गणेश दासलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका परेका दुबैजनाले चैत १६ गते कटारी गाउपालिका १ मा रहेकाे आफ्नै मदिरा पसलमा बसिरहेको अवस्थामा पसल भित्र पसी जवरजस्ती करणी उद्याेग गरी फरार भएका थिए । प्रहरीका अनुसार फरर भएका उनिहरुलाई धनकुटाको भेडेटारबाट पक्राउ गरीएको हो ।

पक्राउ परेका उनिहरुमाथी  जवरजस्ति करणी उद्योग कसुरमा थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।