धरान। चौधरी ग्रुप (सीजी) ले नयाँ वर्षलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ । 

‘सिजी राम्रो गर्वका साथ हाम्रो’ नामक नयाँ उपहार योजना बजारमा ल्याएको हो । सिजीका इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेण्टीसहित ५४ हजार दुई सय रुपैयाँसम्मको आकर्षक बचत तथा अन्य विभिन्न उपहार प्राप्त गर्ने जनाइएको छ ।

सिजीको एलइडी टिभीको खरिदमा ३ वर्षको वारेण्टीसहित आकर्षक छुट, मल्टिडोर र साइड बाई साइड रेफ्रिजेरेटरको खरिदमा १० वर्षको वारेण्टीसहित सिजी मिक्स्चर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सिजीको सिङ्गल डोर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा १० वर्षको वारेण्टीसहित आकर्षक छुट प्राप्त गर्ने सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । 

सिजीका फ्रण्ट लोड वासिङ मेसिनको खरिदमा १० वर्षको वारेण्टीसहित सिजी मिक्स्चर प्राप्त गर्न सकिनेछ भने टप लोड तथा टु–इन–टबको खरिदमा १२ महिनाको वारेण्टी तथा सिजी आइरन प्राप्त गर्न सकिने जनाइएको छ ।

यस्तै शोकेस र चेस्ट फ्रिजरको खरिदमा ६० महिनाको वारेण्टी र ट्र««ले तथा मल्टिमिडिया स्पिकरमा विशेष छुटसहित १२ महिनाको वारेण्टी प्राप्त गर्न सकिने जनाइएको छ ।

डिसवासरको खरिदमा सिजी मिक्स्चर प्राप्त गर्न सकिनेछ । माइक्रो वोभनमा १२ महिनाको वारेण्टी, कुकिङ किट र आकर्षक छुटका साथै एसीको खरिदमा ६० महिनाको वारेण्टी, निःशुल्क जडान प्राप्त गर्न सकिने जनाइएको छ । कम्पनीले चैत १० गतेदेखि नै यो योजना लागू गरेको छ ।