हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव महादेव शिवको पूजाअर्चना गर्दै देशभर महाशिवरात्री पर्व मनाइदैछ । 

शिवको विधिपूर्व पूजा अर्चना गर्न आज बिहानैदेखि भक्तजनहरुको शिवालयहरुमा घुइँचो लागेको छ । 

राजधानीको पशुपति नाथ, धरानको पिण्डेश्वरलगायतका शिवालयमा शिवको धुमधाम पूजाअर्चना हुने गरेको छ । शिवको पूजा आराधना गरे सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

धरान १४ विजयपुरस्थित पिण्डेश्वर महादेवालयमा आज बिहानैदेखि भक्तजनको घुइँचो छ । आज बिहान लघुरुद्री पूजा सम्पन्न भएको छ भने साँझ लक्षदीप प्रज्ज्वलन गरिने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए । पिण्डेश्वरमा साँझ लाख बत्ती बालिने र धुनी जगाउने परम्परा रहिआएको छ । 

कोरोना संक्रमणका कारण पिण्डेश्वरमा भारतीय बाबाहरुको चहलपहल भने कम छ । तर स्थानीय भक्तजनहरुले भने श्रद्धाआस्थाका साथ पूजाअर्चना गरेका छन् । 

16

71

72

1 4

2 3

3

4

5

6

7

8

9

10

11

12

13

14

15

17

18

19

20

24

25

26

27

28

29

30

33

34

37

38

39

40

41

42

43

44

45

46

48

47

49

50

51

52

53 1

54 1

55

56

57 1

58

59

60

61

63

64

65

66

67

68

69

70

74

21 1

22

23