धनकुटा। धनकुटा वितरक संघको सनिबार सम्पन्न तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः कृष्णराज श्रेष्ठलाई सर्वसम्वत रुपमा चयन गरेको छ ।
धनकुटा उधोग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको प्रमुख आतित्थ्यमा सम्पन्न दोश्रो अधिवेशनले पुनः अध्यक्षमा कृष्णराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा बिक्रम प्रधान, उपाध्यक्ष सुन्दर आचार्य, महासचिवमा डिजेश शाक्य, सचिवमा उज्वल कट्टेल र कोषाध्यक्षमा विपिन थापा निर्वाचित भएका हुन् ।
त्यसैगरी वितरक संघ धनकुटाको कार्यकारी सदस्यहरुमा रमेश तिम्सिना, देवेन्द्र प्रधान, गणेश पौडेल, कमल खतिवडा, उत्सव कट्टेल निर्वाचित भएका छन् ।
सो अवसरमा वोल्दै उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले आर्थिक समृद्धिको आधार उधोग, व्यापार व्यावसाय नै भएको दावी गरे । उनले व्यापार गर्दा उपभोक्ताको हितलाई ध्यानमा राखेर गरिने उधोग व्यापारले कहिले पनि व्यापारीलाई घाटा नलगाउने पनि टिप्पणी गरे ।
संघका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षतमा सम्पन्न तेश्रो साधरणसभा तथा दोश्रो जिल्ला अधिवेशनको उद्धघाटन सत्रमा धनपा वडा नं.१ का वडाध्यक्ष निरेन तामाङ, उधोग वाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, निर्वतमान अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ लगायतले निजि क्षेत्रले आर्थिक समृद्धिको लागी महत्वपुर्ण योगदान पु¥याएको चर्चा गरेका थिए ।
सो अवसरमा संघको आर्थिक प्रतिवेदन कोषाध्यक्ष विक्रम प्रधानले प्रश्तुत् गरेका थिए भने सांगठानिक प्रतिवेदन तत्कालिन सचिव डिजेश शाक्यले प्रश्तुत् गरेका थिए ।































