विजयपुर । धरान उपमहानगरका दलित युवाहरुको सञ्जाल गठन भएको छ ।

रिकेश विशवकर्माको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति छनौट भएको छ । समितिमा उपमहानगरका २० वटै वडामा सदस्यहरु रहेका छन् । अन्य ७ जना भने विभिन्न सङ्घसंस्थामा आवद्ध युवाहरुलाई समेटेर सञ्जालको गठन गरिएको दलित विकास समिति धरानका संयोजक किशोर परियारले जानकारी दिए । 

दलित विकास समितिले दलित युवाहरुलाई स्वरोजगारी, कानुनी शिक्षा र विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षण पनि दिइएको छ । एक दिवसिय प्रशिक्षणको सहजिकरण नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले गरेका थिए । उनले कानुनलाई अध्ययन गरेर आफ्नो अधिकार खोज्नुपर्ने बताए । धरान उपमहानगर सामाजिक विकास महाशाखाको आर्थिक वर्ष २०७७÷७८ को अन्य लक्षित तर्फको दलित समुदायको क्षमता विकास अन्र्तगत वजेटबाट कार्यक्रमको आयोजना गरिएको दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिए ।