तेह्रथुम। तेह्रथुमको लालिगुराँस ७ फिर्के बस्ने ५४ बर्षीय कृष्ण खड्काको चट्याङले लागेर मृत्यु भएको छ ।

बिहीबार अपरान्ह ३ बजे आफ्नै घर नजिक रहेको गोठमा खोले पकाई रहेको अबस्थामा बर्षासंगै परेको चट्याङले लागेर बेहोस भएका थिए ।
बेहोस खड्काको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।