ब्लाष्टखबर । इटहरीमा ट्याङकरकाे ठक्करबाट पैदल यात्रुकाे घटना स्थलमै मृत्यु भएकाे छ ।
इटहरी उपमहानगरपालिका १६ लबिपुरमा स्थित राजमार्गमा बिहिबार अपरान्ह ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री ६५ बर्षीया सोम्नी चौधरीलाई ठक्कर दिंदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यालयका अनुसार दुर्घटनापछि ट्याङकर र ट्याङकर चालक सुनसरी इटहरी १७ बस्ने कृष्ण न्यौपाने प्रहरीको नियन्त्रणमा रहेका छन् ।