मधुमल्ला । सवारी दुर्घटनामा परेर खुट्टामा लागाएको स्टील निकाल्न नसकीरहेका मोरङ मिक्लाजुङ ८ का बिरेन्द्र बुढाथोकीको  निःशुल्क उपचार हुने भएको छ ।

आर्थिक बिपन्नताका करण आफु संग उपचार गर्ने रकम अभाबमा बिरेन्द्रको खुट्टामा लगाएको स्टिल निकाल्न नसकेको बिरेन्द्रले बताए ।

बिरेन्द्रको निःशुल्क उपचार नेपाली कंग्रेस मोरङ जिल्ला सभापती एवं पुर्व शंसद डिक बहादुर लिम्बुको पहलमा नोबेल मेडिकल कलेज बिराटनगरले बुढाथोकीको निःशुल्क उपचार गरीदिने भएको कांग्रेस मोरङ जिल्ला सभापती डिकबहादुर लिमबुले बताए ।  

खुट्टको सफल सल्यक्रीया सकिए पछी कृतिम खुट्टा उपलब्ध गराइदिने बचन समेत लिम्बुले दिएकाछन । पहिले खुट्टामा भएको स्टील निकाल्ने काम गरौं त्यस पछी खुट्टा म उपलब्ध गराउँछु लिम्बुले भने । 

केही समय पहिले नै बिरेन्द्रको उपचार गारउन लागि परे पनी कोभिडका कारणले गर्दा केही समय ढिला भएको लिम्बुले बताए । तिन बर्ष पहिले मोटर साइकल दुर्घटनामा परि दाहिने खुट्ट गुमाएका ४४ बर्षिय बिरेन्द्रको दाहीने खुट्टाको घुणा मुनीको भाग छैन ।

बैशाखीको साहारमा सामान्य हिडडुल गर्ने बुढाथोकीले बिपन्नताकै कारण उपचार पाउन नसकेको बताए । 

आफु असक्त भए पछी घरमा समस्या आएको बिरेन्द्रले बताए । बिरेन्द्रकी श्रीमती संगिता मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को वडा कायलयमा परिचरको काम गर्छीन । त्याँहा बाट आउने आम्दानीले दुःख शुख बिहान बेलुकाको छाक टार्ने बुढाथोकी परिवारले टार्ने गरेको छ ।

पारिवारको आम्दानीको स्रोत केही नभएको र उपचार गरिदीने दाता पाउँदा खुःसी लागेको बिरेन्द्रले बताए ।  बिरेन्द्रको उपचारमा पहल नेपाली कंग्रेस मिक्लाजुङ वडा नं. ८ र नेपाली कांग्रेस मिक्लाजुङले गाउँकमीटीले  गरेको नेका मिक्लाजुङ सभापती सेमन्तराज दाहालले बताए ।