भण्टाबारी । विघटित प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अपांगता भएका व्यक्तिलाई कम्मल र झुल वितरण गरेका छन् । सुनसरीको भोक्रहा नरसिंह गाउँपालीका क्षेत्रका २०५ जना अपांगता भएका व्यक्तिहरुलाई नेता कार्कीले बुधबार बिहान कम्मल र झुल वितरण गरेका हुन ।
शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरुलाई कम्मल र झुल वितरण गर्दै नेता कार्कीले सबै वर्ग,क्षेत्र र समुदायका व्यक्तिलाई समेटेर उनीहरूका आवश्यकता र मर्मअनुसार अगाडि बढ्ने बताए ।
शारीरिक अशक्त भएका व्यक्तिहरुलाई लत्ताकपडा सहयोग गर्दा उनी निकै खुशी देखिएका थिए । भोट दिएर निर्वाचित गराएका जनताका सुखदुःखको भागिदार आफू रहिरहने वचन व्यक्त गर्दै उनले भने तपाईंहरुले निर्वाचित गराएर मलाई ऋणी बनाउनु भएको छ ।
त्यसैले सदैव तपाईहरुको सुखदुःखमा भागिदार रहनु मेरो दायित्व हो । शारीरिक अशक्त भएका व्यक्तिहरुलाई नेता कार्कीसँगै,नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,इनरुवा नगरपालिकाका मेयर राजन मेहता,नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी डाक्टर इसराइल मन्सुरीलगायतले कम्मल र झुल वितरण गरेका थिए ।
२०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका कार्की आफ्नो निर्वाचन क्षेत्रका जनताका घरदैलोमा पुग्ने गरेका छन् ।