ब्लाष्टखबर । धरान १३ र २० काे संगम स्थल बीपी पार्कमा बीपी काेइरालाकाे पूर्ण कदकाे शालिक अनावरण हुने भएकाे छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागी विशेष याेगदान दिएका जननेता बीश्वेस्वर प्रसाद (बीपी) काेइराला सम्झनामा यहि फागुन ७ गते ७१ औं प्रजातन्त्र दिवशकाे दिन शालिककाे अनावरण गरिने भएकाे हाे ।
परिवर्तनशील समाज नेपालकाे आयाेजनामा हुनलागेकाे उक्त शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पाैडेलले उक्त शालिककाे अनावरण गर्ने भएका छन् ।