बेलबारी ।  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले प्रधानमन्त्री केपि शर्मा ओलिको मुर्खताका कारण संसद बिगठन भएको बताएका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को केन्द्रीय बैठक तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न लक्ष्मीमार्ग आएका बैद्यले सो कुरा बताएका हुन् ।  

बुधबार  बिहान ब्लाष्ट संग कुरा गर्दै उनले भरीसक चुनाब नहुने र चुनाव भइहाले पनि त्यसले अर्थ नराख्ने दावि गर्दै प्रचण्ड समेत राजनितिमा असफल भएको आरोप लगाएका छन् । संघिय गणतन्त्रको स्थापना नभए सम्म देशमा समबृद्धि नआउने उनको तर्क थियो ।

संघिय गणतन्त्रका लागि अब आफ्नो पाटीले आन्दोलन सुरु गर्ने समेत उद्घोष गरे । दुई तिहाई नजिकको सरकारले जनतालाई अध्यारोमा धकेलेका कारण समद्ध नेपाल बनाउन यो सरकार असफल भएको समेत उनले बताए ।

दशबर्षे जनयुद्धको म्यान्डेट नयाँ जनवादी राज्य संचालन गर्न भएपनि प्रचण्ड भने लोेकतान्त्रिक गणतन्त्रमा लागेको उनको आरोप थियो । प्रचण्ड क्रान्ती र संसदिय व्यवस्था दुईटै राजनितिमा असफल भएको उनको भनाई रहेको छ । १० बर्षे जनयुद्ध पछिको राजनितिक असफलताको जिम्मा समेत प्रचण्डले नै लिनुपर्ने उनले बताए ।

मोरङको बेलबारी ११ लक्ष्मीमार्गको स्वर्गीक मार्गको भवनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) १ नम्बर प्रदेशको आयोजनामा सोमबार बाट सुरु भएको उक्त कार्यक्रम शुक्रबार सम्म चल्ने आयोजकले जनाएको छ ।