विजयपुर । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) को दोस्रो चरणको विरोध सभालाई सम्बधोन गर्न बरिष्ठ नेता अशोक राई सहित अन्य नेताहरु धरान आउने भएका छन् ।
माघ–३ गते धरानको भानुचोकमा गरिने विरोध सभामा बरिष्ठ नेता राई सहित केन्द्रिय सदस्य पर्शुराम खापु¨, युवराज कार्की, रकम चेमजो¨, परसुराम बस्नेत लगायतका नेताहरुले सम्बोधन गर्ने मंगलबार धरानमा पत्रकार सम्मेलन गर्र्दै जानकारी दिएको छ ।
३ गते धरान सहित नेपालका ५ सहरमा विरोध सभा गर्नेपनि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा जनताको बलिदानबाट निर्माण भएको संविधानको रक्षाका लागि विरोधका कार्यक्रम गरिएको जसपा केन्द्रीय सदस्य भिम राईले वताए । उनले अहिले नै संसद विघटन नभएको वताउँदै सर्वोच्च अदालतले बदर गर्नेमा जसपा विस्वस्त रहेको बताए ।
राईले नेपालमा सडकमा भिड देखाउने गलत राजनीतिक संस्कारको विकास भएको बताँउदै जसपा त्यसको विरुद्धमा रहेको वताए । उनले जसपाको शक्ति प्रर्दशन नभई विरोध सभा भएको दाबी गरे । जसपा केन्द्रिय सदस्य दिपकुमार मेन्याङ्बो, जेन्टल लावती, दलमर्दन कामी, सुनिता मरिक लगायत नेताहरु पत्रकार सम्मेलनमा उपस्थिति थिए ।