विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै विराटनगरमा बयलगाडा ¥याली निकालिएको छ । 


नेकपा प्रचण्ड–नेपाल समूह समर्थक अनेरास्ववियु जिल्ला कमिटी मोरङले विराटनगरमा आइतबार बयलगाडा ¥याली निकालेको हो । 


प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै सो ¥याली निकालेको अनेरास्ववियुले जनाएको छ । ५ पुसमा प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधी सभा विघटन गरेको विरोध स्वरूप बयलगाडा ¥याली निकालेका हुन् ।


विराटनगरस्थित रोडशेष चौकदेखि निकालेको बयलगाडा ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि स्थानिय ट्राफिक चौकमा आएका कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै संविधानसभा सदस्य मिना यादवले प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि असंवैधानिक निर्णय गरेको बताइन् । उनले ओलीको असंवैधानिक कदमले देशमा अस्थिरता र अराजकता निम्त्याएको बताइन् । कार्यक्रममा अधिवक्ता पुरूषोत्तम नेपालले  प्रधानमन्त्रीले संविधानमा हँुदै नभएको अधिकार दुरूपयोग गरेको बताए । संविधान विपरित देश चलाउने अधिकार कसैलाई पनि नभएको भन्दै विधीको शासनका लागि विघठित प्रतिनिधि सभा पुनःस्थापना गर्नु बाहेक अदालतलसँग पनि अर्को बिकल्प नएको बताए । ‘प्रमको कदम पूर्ण रूपमा असंवैधानिक छ । यस्तो कदमलाई सबैले गलत भन्न हिच्किचाउनु हुदैन,’ अधिवक्ता नेपालले भने । 


शक्तिको आडमा संविधानको दुरूपयोग गर्ने कार्य अति नै सम्वेदनशिल भएकोले चुप लागेर बस्नु अपराध सरह हुने उनको भनाई थियो । ‘संविधानलाई मास्ने कामलाई पनि सही कदम भनेर भन्नेहरु दिउँसै सुतेको बहाना गर्ने प्रतिगमनका सर्मथकहरु मात्र हुनसक्छन् सचेत नागरिक कसैले पनि ठीक हो भनेर भन्न सक्दैन,’ उनले भने । शक्तिको आडमा संबिधान मिच्ने काम असंबैधानिक भएको बताए ।