इनरुवा। नेकपा समर्थित निजामती कर्मचारी संगठन आवद्ध चुनावी प्रकृयामा ओली पक्षले जित हात पारेको छ ।   

इनरुवामा सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ओली पक्षले स्पष्ट बहुमत सहितको जित निकालेको छ । 

उक्त चुवनामा ओली र माधव–प्रचण्ड गरी स्पष्ट दुई खेमा चुनावी मैदानमा देखिएका थिए । जसमा ओली पक्षधरले स्पष्ट जित निकालेको हो । 

ओली पक्षबाट अध्यक्षमा लेखनाथ पौडेल र माधव–प्रचण्ड पक्षबाट हिमाल श्रेष्ठ नेतृत्वको टोली चुनावी मैदानमा उत्रिएको थिए । 

प्राप्त मत परिणाम अनुसार अध्यक्षमा लेखनाथ पौडेल विजयी भएका छन् । उनले ४ सय ५१ मत ल्याई जित हात पार्दा हिमाल श्रेष्ठ भने २ सय ५७ मतका साथ पराजित भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा कुष्णकुमार नेपालले प्रतिस्पर्धी यादव भण्डारीलाई पराजित गरेका छन् । सचिवमा कुमार न्यौपानेले जित निकाल्दा उमेश गौतमले पराजित भएका छन् । यस्तै कोषाध्यक्षमा ओली पक्षकै मोहन सुवेदीले निलकमल निरौलालाई हराएका छन् । 

खुला सदस्य तर्फ केशव कुमार श्रेष्ठ, कुलमणि बराल, रामदेव साह र परेश कुमार कर्णले जित हात पारेका छन् । यस्तै महिला सदस्य तर्फ मेनुका भण्डारी, तिलोत्तमा दाहाल र कोपिला कार्कीले जितेका छन् । 

लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा ओली पक्षकै भोजराज खनाल बिजयी भएका छन् । उनले मणिराज पोखरेललाई हराएका छन् । महिला सदस्यमा जानुका खनालले जित हात पार्दा लेखा तर्फको खुला सदस्यमा भने राजकुमार श्रेष्ठ निर्विरोध भएका छन् । 

नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निजामती कर्मचारी संगठन सुनसरीमा आवद्ध कर्मचारीहरु राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेड मार्फत चुनावी मैदानमा उत्रिएका थिए ।