विराटनगर । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शार्मा ओलीले कुनै हालतमा चुनाव नगराउने बताएका छन् । 

जसपा मोरङले विराटनगरमा शनिबार आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै भट्टराईले दुई तिहाई बहुमत प्राप्त गर्दा काम गर्न नसकेका ओलीले आफू पत्तासाफ हुने चुनाव गराउन नसक्ने दाबी गरे । ‘प्रनितिधिसभा विघटनपछि ओलीले चुनाव घोषणा गरेका छन् । ओली पत्तासाफ हुने चुनाव कुनै हालतमा गराउन सक्दैनन्,’ उनले भने ।

सर्वसत्ताबादी प्रवृति भएका ओलीले स्वतन्त्र न्यायालयमा पनि हस्तक्षेप गरेको उनले बताए । सार्वजनिक रुपमा अदालतमा धम्कीपूर्ण भाषा प्रयोग गरेको बताउँदै उनले अदालतको फैसला प्रति आश गर्ने अवस्था भएपनि भर पर्ने अवस्था नरहेको बताए । ‘राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपनि संसद् पूनःस्थापना गरेर सूचारु गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि पनि जनताको खबरदारी आवश्यक पर्छ ।’ अदालतको फैसला संविधान बमोजिन बनाउन पनि जनताको बलमा प्रतिनिधिसभा ब्यूँताउन जनताको आवाज महत्वपूर्ण भएको उनले बताए । 

भट्टराईले हिटलर प्रवृतिका ओलीलाई छिमेकीले समर्थन गर्न नमिल्ने बताए । आफूहरु सबै छिमेकीसँग असल सम्बन्ध राख्ने पक्षमा रहेको भन्दै उनले भने, ‘छिमेकमा आगो लाग्दा तपाईँको घरमा पनि नसल्किएला भन्न सकिन्न ।’ प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्कीपूर्ण भाषा प्रयोग गरेको थालेको भन्दै उनले अदालतबाट संसद पुनःस्थापना हुन्छ भनेर आश गर्न सकिने, तर भर गर्न नहुने उनले बताए । भट्टराईले भने, ‘यसका लागि जनताको खबरदारी आवश्यक पर्छ ।’

विरोध सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीले निरंकुशता लादेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको भन्दै त्यसविरुद्ध संयुक्त आन्दोलनमा जोड दिए । ‘संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले आफ्नै पार्टीको बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेका छन्,’  उनले भने, ‘ओलीले सत्ता लम्ब्याउन मात्र प्रतिनिधिसभा विघटन गरेको भएपनि उनको प्रतिगामी कदमविरुद्ध सिंगो मुलुक आन्दोलित हुनुपर्छ ।’ ओलीको कदमपछि निर्वाचनमा जाँदा आपूmहरुलाई लाभ हुने भएपछि ओलीले निर्वाचन नगर्ने र उनको कदमले परिवर्तनका एजेण्डा थप संकटमा पर्ने भएकोले संयुक्त आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । 

ओलीको प्रतिगामी र निरंकुश कदम विरुद्ध संयुक्त आन्दोलनमा सहभागी हुन नेपाली काँग्रेससहितका शक्तिहरुलाई यादवले आह्वान गरे । ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक नरहेको उल्लेख गर्दै उहाँले उनहाँे निर्वाचनका लागि नभएर तानाशाही, सर्वसत्तावाद, फाँसीवाद र निरंकुशता लाद्न खोजिरहेको आरोप लगाए ।