धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा धरानमा पनि नेपाली काङ्ग्रेसले वृहत प्रदर्शन गरेको छ । 

धरानको विभिन्न वडाबाट सहभागी काङ्ग्रेस कार्यकर्ताहरुले भानुचोकमा कोणसभा गरी प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै लोकतान्त्रिक संविधानको रक्षा गर्न अपिल गरेको छ ।

काङ्ग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ ।