उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बिरुद्ध नेपाली कांग्रेसले शनिबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार मोरङ क्षेत्र नम्बर १ (क) प्रदेश समितिले विरोध ¥याली निकालेको हो । उर्लाबारीको स्कुलडाँडाबाट शुरु भएको ¥याली चोकमा आएर कोण सभामा परिणत भएको थियो । कोणका सभामा प्रमुख आतिथी काँग्रेसका केन्दीय सदस्य गुरुराज घिमिरेले लोकतन्त्र र संबिधानलाई बचाउन सबै जनता एकजुट हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनामा लैजान खोजेको बताए । कम्युनिष्ट सरकारले देश र जनताको हितमा कहिल्यै पनि काम गर्न नसक्ने अहिले आएर पुष्टि भएको समेत उनले बताएका छन ।
सो सभामा पार्टीका जिल्ला सल्लाहकार महेन्द्र सुबेदी, महासमिति सदस्य ललित अधिकारीले प्रतिनिधिसभा बिघटन बिरुद्ध एकजुट भई आन्दोलनमा उत्रिन आह्वान गर्नुभयो । कोणसभा आयोजक समितिका सभापति प्रकाशचन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।