धरान । नेकपा निकटका विद्यार्थीहरुको संगठन अनेरास्ववियू जिल्ला कमिटी सुनसरीको बैठकले जिल्ला संयोजक जीवी गजललाई कारबाही गरेको छ ।
उनले सङ्गठनको विधि, विधान विपरीत गतिविधि निरन्तर जारी राखेको भन्दै संयोजक पदमा नरहने गरी कारबाही गरिएको विज्ञप्ति जारी गरी जनाइएको छ । उक्त कारबाहीको निर्णयलाई अनुमोदन गर्नका लागि अनेरास्ववियू केन्द्रीय समिति समक्ष सिफारिस गरिएको अनेरास्ववियू जिल्ला कमिटी सुनसरीका सह–संयोजक वुद्रोस लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । संयोजक जीबी गजल नेकपाको केपी शर्मा ओली समूहका हुन् भने सह–संयोजक लिम्बु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल समूहका हुन् ।
अनेरास्ववियुले संगठनका कार्यालय सदस्य रोशन रेग्मी, जिल्ला सचिवालय सदस्य नवराज खड्का, जनता बहुमुखी क्याम्पस इटहरीका संयोजक उज्ज्वल सिग्देल र महेन्द्र बहुमुखी क्याम्पस धरानका सह संयोजक शेखर रेग्मीलाई पनि सङ्गठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।